काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिका लागि FEIMS प्रणाली समस्या आएको कारण फाइल सर्भर मेन्टिनेन्स कार्य भइरहेको सुचना प्रकाशित गरेको छ ।
विभागले एक सुचना प्रकाशित गर्दै FEIMS प्रणालीमा समस्या आएका कारण फाइल सर्भर मेन्टिनेन्स भइरहेकाले हाल FEIMS प्रणालीमा कुनैपनि डकुमेन्टहरू अपलोड नगर्न भनेको छ ।
विभागका कम्प्युटर इन्जिनियर नरेश प्रसाद दासद्वारा जारी गरिएको सुचनामा FEMS प्रणालीमा समस्या उत्पन्न भएका कारणले व्यवसायी तथा व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने कामदारप्रति भएको असुविधामा विभाग क्षमाप्रार्थी रहेको भनिएको छ ।
बिभागद्वारा जारी गरिएको सुचनापत्रमा श्रम स्वीकृति FEIMS प्रणालीमा भएको समस्याको समाधान कहिले हुन्छ भन्ने कुरा खुलाइएको छैन ।
विभागले जारी गरेको सुचना यस्ताे छ ।



























