काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका निवर्तमान अध्यक्ष भुवन सिंह गुरुङले आफू पदमा रहँदा वा नरहँदा जहिले पनि वैदेशिक रोजगार क्षेत्रमा हुने सिन्डिकेटको विरोध गर्दै आएको बताएका छन्।
गुरुङले संघको पदमा रहँदा सरकारवाला निकायलाई पटक–पटक ध्यानाकर्षण गराउँदै सिन्डिकेटविरुद्ध आवश्यक कदम चाल्न पहल गरेको बताए।अहिले संघको पदमा नरहे पनि लोकतान्त्रिक एसोसिएसनलाई अगुवाइ गर्न लगाउँदै सिन्डिकेटविरुद्ध रचनात्मक सुझाव र आवश्यक मार्गदर्शनको भुमिक निर्बाह गरिरहेको उनको भनाइ छ।
भुवन सिंह गुरुङ भन्छन् म जहिले पनि सिन्डिकेटको बाधक हुँ, वैदेशिक रोजगार व्यवसायी संघको पदमा रहँदा पनि र नरहँदा पनि सिन्डिकेटविरुद्धका कार्यक्रम सञ्चालन गर्दा व्यवसायीको हित, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए।
आफूले लोकतान्त्रिक एसोसिएसनमार्फत भइरहेका गतिविधिलाई आवश्यक सुझाव तथा कार्यदिशा दिइरहेको पनि उनले उल्लेख गरे।
गुरुङले वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारीभन्दा लोकतान्त्रिक एसोसिएसनले सिन्डिकेटविरुद्धका कार्यक्रमहरू जवाफदेही र पारदर्शी ढंगले अघि बढाइरहेको दाबीसमेत गरे।
व्यवसायीलाई सिन्डिकेट लगाएर दुःख दिने पक्षमा आफू नरहेको स्पष्ट पारे।‘व्यवसायीलाई सिन्डिकेट लगाएर दुःख दिने पक्षमा म हिजो पनि थिइनँ, आज पनि छैन र भोलि पनि रहने छैन,’ गुरुङले भने।
वैदेशिक रोजगार क्षेत्रमा स्वस्थ प्रतिस्पर्धा कायम गर्दै व्यवसायीलाई अनावश्यक दबाब र समस्याबाट मुक्त गराउने विषयमा आफू निरन्तर सक्रिय रहने गुरुङको भनाइ छ।



























