काठमाडौं । वैदेशिक रोजगारीको लागि माल्टा पठाइदिन्छु भन्दै ६ लाख रूपैयाँ ठगिको आरोमा महिला पक्राउ परेकी छन् ।
पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिक -१ घर भई काठमाडौंको बाफल बस्ने २९ वर्षीया लक्ष्मी श्रेष्ठ हुन् ।
उनलाई शुक्रबार बिहान काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौंको बाफलबाट पक्राउ गरेको हो ।
श्रेष्ठले २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाई मासिक १ लाख रूपैयाँ तलबमा हुने काममा लगाइदिने भन्दै प्रलोभनमा पारी पीडितबाट उक्त रकम ठगी गरेको निवेदन परेको थियो ।
उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।



























