काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने सम्पूर्ण संस्थालाई सूचीकरण गर्न आग्रह गरेको छ ।
मन्त्रालयले एक सूचना जारी गर्दै नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थालाई मन्त्रालयमा सूचीकरण गराउन आग्रह गरेको हो ।
आगामी पुस मसान्तसम्म नवीकरण तथा सूचीकरणका लागि दस्तुर निवेदन दिन यसअघि नवीकरण भइ सूचीकरण भएका स्वास्थ्य संस्थालाई आग्रह गरेको छ ।
सरकारी मापदण्ड पूरा भएका सूचीकृत स्वास्थ्य संस्थाले मात्र वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न पाउने मन्त्रालयले जनाएको छ ।


























