काठमाडौं। युएईबाट नेपालमा रकम पठाउन एनआईसी एशिया बैंक र ए-वान अन्सारी एक्सचेञ्जबीच रणनीतिक साझेदारी भएको छ ।
समझदारी अनुसार युएईमा स्थापित उक्त कम्पनीका २५० भन्दा बढी शाखा कार्यालय तथा डिजिटल च्यानल ९वेबसाइट तथा मोबाइल एप०बाट नेपालमा रकम पठाउन सहज हुने विश्वास दुवैको छ ।
साझेदारी कार्यान्वयनमा आएपश्चात् अब अन्सारी एक्सचेञ्जबाट यस बैंकका साथै नेपालका जुनसुकै बैंकका खाता तथा वालेटमा तुरुन्त रकम पठाउन सकिने भएको छ ।




























