काठमाडौं : वैदेशिक रोजगार विभागले सुरक्षा गार्ड सेवा खरिद गर्न बोलपत्र आह्वान गरिएपछि त्यसमा केही त्रुटि भेटिएको भन्दै प्रक्रिया सच्याएर पुनः सार्वजनिक गरेको छ ।
विभागले सूचना प्रकाशित गर्दै अघिल्लो बोलपत्र सूचना परिमार्जन गरिएको जनाएको हो। संस्थाले सुरक्षा गार्ड सेवा खरिदका लागि गत असार १६ गते प्रकाशित गरिएको सूचना संशोधन गर्दै अब नयाँ शर्तअनुसार इच्छुक सेवा प्रदायकहरूले प्रस्ताव पेस गर्न सक्ने स्पष्ट पारेको छ। संशोधित विवरण अनुसार अब बोलपत्र दस्तावेज डाउनलोड गर्न सकिने म्याद, बोलपत्र पेस गर्ने अन्तिम म्याद र खोल्ने मिति लगायतका विवरण परिमार्जन गरिएको छ।
संस्थाले समावेश शर्तहरूअनुसार पात्र ठहरिने कम्पनीरसंस्थाबाट मात्र सेवा लिने जनाएको छ। साथै, बोलपत्र पेश गर्दा सम्पूर्ण आवश्यक कागजात र मापदण्ड पूरा गर्न समेत आग्रह गरिएको छ।



























