गैर आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको अध्यक्षमा सुभाष लामिछाने निर्वाचित भएका छन्। आइतबार सम्पन्न निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी सिद्धार्थ श्रेष्ठलाई फराकिलो अन्तरले पराजित गर्दै लामिछाने विजयी भएका हुन्। उनले कुल ७ हजार १ सय ५२ मत प्राप्त गरे भने श्रेष्ठले ५ हजार १ सय ९३ मत पाएका थिए।
वरिष्ठ उपाध्यक्ष : निवर्तमान महा-सचिव टिकाराम खरेलले ६ हजार ४ सय १८ मत प्राप्त गरी वरिष्ठ उपाध्यक्ष पदमा विजयी भएका छन्। उनका प्रतिद्वन्द्वी कृष्ण गैरे शर्माले ५ हजार ९ सय २७ मत ल्याएका थिए।
उपाध्यक्ष : उपाध्यक्ष पदमा मुक्तिराम खनाल (विनोद) ले सर्वाधिक ८ हजार ७ सय २ मत प्राप्त गर्दै विजय हासिल गरे। यस्तै, दिलिप कंडेलले ६ हजार ९ सय ४९ मत र दिपक सुनारले ६ हजार १ सय १ मतसहित उपाध्यक्षमा निर्वाचित भएका छन्। यस पदका अन्य उम्मेदवार नारायण सुवेदीले ५ हजार ९ सय २८, दिपेश खत्री (केसी) ले ५ हजार ७ सय ८३ र रुद्र मल्ल (मनोज) ले ३ हजार ५ सय ७२ मत प्राप्त गरे।
क्षेत्रीय उपाध्यक्षस् हरिप्रसाद कंडेललाई पराजित गर्दै विष्णुप्रसाद सुवेदी (विश्व) क्षेत्रीय उपाध्यक्षमा विजयी भएका छन्। सुवेदीले ६ हजार ९ सय ८३ मत प्राप्त गर्दा कंडेलले ५ हजार ३ सय ६२ मत प्राप्त गरे।
महा-सचिवस् श्याम कुमार श्रेष्ठ (श्याम शितल) ६ हजार ३ सय ८४ मत प्राप्त गरी महा-सचिवमा निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान प्रवक्ता विश्वास गौतम (खगराज) ले ५ हजार ८ सय ६३ मत ल्याए।
सचिवस् सचिव पदमा नेत्र पाण्डेले ८ हजार ८ मतसहित र डिल्ली प्रसाद सापकोटा (विष्णु) ले ५ हजार ८ सय ६३ मतसहित विजय हासिल गरेका छन्।
क्षेत्रीय सचिवस् सागर कार्की सर्वाधिक मतान्तर सहित क्षेत्रीय सचिवमा विजयी भएका छन्। उनले ८ हजार ५ सय १५ मत प्राप्त गरी आफ्ना प्रतिद्वन्द्वी ज्ञानेन्द्र भट्ट (ज्ञानु) लाई ४ हजार ६ सय ८५ मतले पछि पारे। भट्टले ३ हजार ८ सय ३० मत प्राप्त गरे।
कोषाध्यक्षस् मुक्तिराज रेग्मी कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। उनले ५ हजार ७ सय ८६ मत प्राप्त गर्दै आफ्ना प्रतिद्वन्द्वी कृष्णप्रसाद पोखरेल (बाबु) ९३ हजार ५ सय ३१ मत र (राकेश लामा ९३ हजार २८ मत ) लाई पछि पारे।
क्षेत्रीय सह(कोषाध्यक्षस् सन्दिप जिसी ४ हजार ४ सय २४ मत सहित क्षेत्रीय सह(कोषाध्यक्षमा विजयी भएका छन्। रमेश गिरीले ४ हजार २९ मत र नासिरदीन मियाले ३ हजार ८ सय ९२ मत प्राप्त गरे।
सदस्यस् मिलन अर्याल, कमलेश जीसी, नबिनदीप गुरुङ, रमेशराज जैसी, निराजन मल्ल, कृष्णप्रसाद भूसाल, भिमबहादुर बुढाथोकी, सुरेश सापकोटा र प्रकाश सापकोटा सदस्य पदमा विजयी भएका छन्।
त्यस्तै यस अघि नै महिला उपाध्यक्षमा अञ्जु भण्डारी, महिला सचिवमा ललिता तामाङ्, सहकोषाध्यक्षमा कामाना भण्डारी, महिला संयोजकमा मञ्जु गिरी, र महिला सदस्यमा इश्वरी अर्याल तथा सन्तोषी अधिकारी निर्विरोध निर्वाचित भइसकेका छन्।



























