प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले आज एक विज्ञप्ति जारी गरेको छ । लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले रियो ओभरसिज प्रा.ली. की सञ्चालिका रमा खड्कालाई आफ्नो साधारण सदस्यको रूपमा दाबी गर्दै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनमा प्रवेश गरेको भनी सार्वजनिक गरेको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मञ्चले उक्त सूचना पूर्णतः भ्रामक, तथ्यविहीन र अतिरञ्जित रहेको स्पष्ट पारेको छ।
प्रगतिशील मञ्चका अध्यक्ष जनक रावलद्वारा जारी विज्ञप्तिमा रियो ओभरसिज प्रा.ली. र सञ्चालिका रमा खड्का यस मञ्चको कुनै पनि तहमा सदस्य नरहेको प्रमाण नभएको उल्लेख छ। २०८१ चैत २९ गते सम्पन्न नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा महिला सहभागिता सुनिश्चित गर्न गरिएको चुनावी समझदारीलाई सदस्यता स्वीकृति ठहर गर्नु तथ्यहरू प्रति भ्रम सिर्जना गर्ने असक्षमता रहेको मञ्चले बताएको छ।
यस्तो गलत तथ्यको प्रचार–प्रसारले हाम्रो मञ्चको संस्थागत मर्यादा, आन्तरिक अनुशासन र समर्पित सदस्यहरूको भावनामा आघात पुर्याएको “विज्ञप्तिमा ” भनिएको छ । आफ्नै हितपूर्ति वा कुनै समूह विशेषको राजनैतिक एजेण्डालाई अगाडि सार्न गरिएको यस्ता अनुचित गतिविधिको हामी घोर भर्त्सना गर्दछौं भनी जनाएको छ ।



























