गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेको नयाँ नेतृत्वमा राजेन्द्र पुडासैनीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । नवनिर्वाचित १२औं कार्यसमितिले आइतबार शपथग्रहण तथा पदभार ग्रहण गरेको छ।
निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले नवनिर्वाचित पदाधिकारीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। यसपटक अनलाइन निर्वाचनबाट अध्यक्षसहित खुला उपाध्यक्ष, स्कटल्यान्ड उपाध्यक्ष, महासचिव, सचिव, आईसीसी सदस्य र इङ्ग्ल्यान्ड राज्य परिषद् अध्यक्षसहित कुल ७ पदमा निर्वाचन भएको थियो भने बाँकी पदमा यसअघि नै निर्विरोध चयन भइसकेका थिए।
नवनिर्वाचित पदाधिकारीहरू
अध्यक्ष : राजेन्द्र पुडासैनी
खुला उपाध्यक्ष :डा. रक्षा थापा र उज्ज्वल कार्की
उपाध्यक्ष (क्षेत्रगत)
स्कटल्यान्ड : रामप्रसाद कँडेल
वेल्सस : कृष्ण भण्डारी
नर्दन आयरल्यान्डस : लिलाराम निउरे
महिला उपाध्यक्षस : कमला श्रेष्ठ
महासचिव : दिवाकर पाण्डे
सचिव : डिएन खराल र कृष्ण देवकोटा
महिला सचिव : छमकला न्यौपाने पोखरेल
कोषाध्यक्ष : सरोज थापा
सहकोषाध्यक्ष : दीपक तिमल्सिना
महिला संयोजक : बिनु लामिछाने
युवा संयोजक : वासुदेव पोखरेल
कार्यसमिति सदस्यहरू
लोकनाथ अधिकारी, गोपीप्रसाद सापकोटा, दीपक गैरे, विष्णुभक्त भट्टराई, दुर्गाप्रसाद काफ्ले, बालकृष्ण भुषाल, दिनेश परियार, मोहन ओली, शिवकान्त खराल, झपेन्द्र सापकोटा र प्रमोद भण्डारी।
आईसीसी सदस्यहरू (बेलायतबाट प्रतिनिधित्व गर्ने)
विष्णु खरेल, तुंगभद्र भुषाल र छविलाल अर्याल।
राज्य समन्वय परिषदका अध्यक्षहरू
इङ्ग्ल्यान्ड : राममाया विष्ट
स्कटल्यान्ड : शेर केसी
वेल्स : विकास रानाभाट
नर्दन आयरल्यान्ड : पूर्णेश्वर कँडेल
पदभार ग्रहण गर्दै नवनिर्वाचित अध्यक्ष पुडासैनीले एनआरएनए यूकेलाई सबैको साझा संस्थाका रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले समुदायसमक्ष नकारात्मक रूपमा मात्र प्रस्तुत नहुन अपिल गर्दै सबैले मनन गर्न सक्ने जवाफदेही र एकताबद्ध एनआरएनए यूके बनाउने उद्घोष गरे।



























