काठमाडौं : मोबाइल सेवा प्रदायक एनसेल आजियाटाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले पदबाट राजीनामा दिएका छन्।
कायुमोभले पारिवारिक कारण देखाएर एनसेलबाट विदा लिएपछि सञ्चालक समितिले प्रमुख वित्तीय अधिकृत (सीएफओ) सेद एमडी इनामुल कबिरलाई निमित्त सीईओको जिम्मेवारी सुम्पिएको छ । राजीनामासँगै कम्पनीको वेबसाइटबाट कायुमोभको नाम हटाइएको छ भने इनामुलको नाम कार्यवाहक प्रमुखका रूपमा राखिएको छ।
कायुमोभ २०८० साल वैशाख २६ गते एनसेलको सीईओ तथा प्रबन्ध निर्देशक नियुक्त भएका थिए।



























