काठमाडौंको अनामनगरमा अत्याधुनिक प्रविधि सहित दाँत ,छाला र सौंन्दर्य सम्बन्धी उपचार प्रदान गर्ने उद्देश्यका साथ मिराकल डेन्टल केयर एण्ड एस्थेटिक्स सञ्चालनमा आएको छ।
डा. विनय भण्डारी र डा. सुदिप गिरीको संयुक्त लगानीमा सिंहदरबारको पूर्वी गेट नजिकै रहेको यस केयरले आफ्नो सेवा हिजो शुक्रवार देखी सन्चालनमा ल्याएको हो।
डा. भण्डारी र डा.गिरी दुवै दन्त क्षेत्रमा अनुभवी मानिन्छन्। डा. भण्डारीले केही बर्ष अघि देखि नै गुर्जुधारामा “गुर्जुधारा डेन्टल क्लिनिक” समेत सञ्चालन गरिरहेका छन्। हाल उपत्यकामा पनि आफ्नो सेवा बिस्तार गरेको बताए ।

आधुनिक प्रविधि र दक्ष दन्त चिकित्सकहरू बाट गुणस्तरीय सेवा सहित प्रारम्भिक चरणमा आउने विरामीलाई २५ प्रतिशत छुटको व्यवस्था गरेको यस केयरले उपत्यका भित्र दाँत , छाला र सौन्दर्य सम्बन्धी समस्याबाट पीडितहरुको उपचारमा समाधान लिएर आएको बताए ।
नेपालको विभिन्न जिल्लामा गएर सेवा पुर्याई सकेका भण्डारी बिभिन्न संघ संस्थाबाट सम्मानीत दन्त चिकित्सकको रुपमा समेत चिनिन्छ ।



























