काठमाडौं : साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ।
कारोबार भएका ३२५ स्टकमा २ करोड २२ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको हो । कारोबारमा ४६ कम्पनीको मूल्य बढेको छ भने २०४ को घटेको छ। समाज लघुवित्त र उन्नति सहकारी लघुवित्तको मूल्य १० प्रतिशतले बढेको छ।
तर, थ्री स्टार हाइड्रोपावरको सेयर समान अनुपातले घट्दा त्यसका लगानीकर्ताले उच्च क्षति व्यहोरेका छन्। हिमालयन रिइन्स्योरेन्सले सबैभन्दा धेरै ३९ करोडको सेयर कारोबार गर्दै शीर्षस्थानमा रह्यो। त्यसपछि ट्रेड टावर ३७ करोड, शिवम् सिमेन्ट ३३ करोड, बुटवल पावर ३० करोड र नगदी ग्रुप २४ करोडको कारोबारसँगै क्रमशः अगाडि छन्। उपसमूह सूचकमा माइक्रोफाइनान्स र म्युचुअल फन्डबाहेक अन्य सबै घटेका छन्।



























