काठमाडौं : साउदी अरेबियाको जेद्दास्थित अल मावारिद रिक्रुटमेन्ट कम्पनीका लागि २८ नेपाली श्रमिकको माग भएको छ ।
ब्लू स्काई इन्टरनेसनल प्रालिमार्फत लोड अनलोड वर्करका लागि माग भएको हो । वैदेशिक रोजगार विभागको स्वीकृति नम्बर ३२९१०० अनुसार माग संख्या २८ रहेको छ । कम्पनीले छनोट भएका श्रमिकलाई मासिक एक हजार साउदी रियाल तलब दिने जनाएको छ ।
इच्छुक उम्मेदवारका लागि अन्तर्वार्ताको मिति तय भइसकेको छ । अन्तर्वार्ता भदौ २० गते काठमाडौंस्थित ब्लू स्काई इन्टरनेसनलको कार्यालयमा हुनेछ । योग्य तथा इच्छुक व्यक्तिहरूले आवश्यक कागजातसहित समयमै सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।



























