काठमाडौं : वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्दै गएको छ । रहर भन्दा पनि बाध्यताले वैदेशिक रोजगारीमा जाने नेपालीहरु म्यानपावर कम्पनीको ढोका ढकढक्याउन बाध्य भएका छन्।
साउन महिना भर ३१ हजार ८ सय ३० नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विभिन्न मुलुक पुगेका छन्। तीमध्ये सबैभन्दा धेरै अर्थात ९ सय ६९ जना श्रमिकलाई एसओएस म्यानपावर सर्भिस प्रालिले वैदेशिक रोजगारमा पठाएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारमा जाने युवा युवतीहरुको बड्दो चाहना रहेको हुँदा विदेश जानेको संख्या बढ्न थालेको छ । ८ सय ४४ जना प्याराडाइज इन्टरनेसनल प्रालि ले कामदार पठाएर दोस्रो र ७ सय ४० कामदार पठाएर नीलकमल ह्युमन रिसोर्स प्रालि तेस्रो रहेका छन् ।
वैदेशिक रोजगारीमा श्रमिक पठाउने शीर्ष दसमा सपोर्ट ह्युमन रिसोर्स ४१७, गल्फ म्यानपावर सर्भिसेस ३७८, साउन्डलाइन्स रिक्रुटमेन्ट ३७३, बज्र ह्युमन रिसोर्स ३३७, लिंक इन्टरनेसनल प्लेसमेन्ट सर्भिस ३१२, अल सेक्युर ह्युमन रिक्रुटमेन्ट २६४ र २७५ लुलु इन्टरनेसनल प्रा.ली. रहेका छन्।



























