काठमाडौं, नेपाल पर्वतारोहण संघ (एनएमए) को हालै सम्पन्न निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई पछि पार्दै फुर गेल्जे शेर्पा अध्यक्ष पदमा विजयी भएका छन्।
शेर्पाले आफ्ना निकटतम प्रतिस्पर्धी कुलबहादुर गुरुङलाई ५४ मतले पराजित गर्दै ३४२ मत प्राप्त गरेका हुन्। गुरुङले २८८ मत ल्याएका थिए। यस निर्वाचनमा प्रथम उपाध्यक्ष र एक सदस्य बाहेक सबै पदमा फुर गेल्जे शेर्पाको प्यानल विजयी भएको छ।
बरिष्ठ उपाध्यक्ष ईश्वरी पौडेल -३४५ मत
प्रथम उपाध्यक्षस् मिङ्मा ग्याबो शेर्पा -३५९ मत
द्वितीय उपाध्यक्षस् बोधराज भण्डारी -३६८ मत
महासचिवस् राजेन्द्रबहादुर लामा -३१८ मत
सचिवस् चन्दन थापा -३५८ मत
कोषाध्यक्षस् ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबर ३०४ मत पाएकाले दुवैले आधा(आधा कार्यकाल सम्हाल्ने सहमति भएको छ।
त्यसैगरी , सदस्यहरूमा ११ जना विजयी भएका छन्, जसमा माधवकुमार धमला (२७८), केदार न्यौपाने (३०२), थुप्देन शेर्पा (३२६), गोकुल थापा (२८८), मुलाल गुरुङ (३५१), देण्डी शेर्पा (३११), विक्रम कार्की (३०६), रिञ्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), दिकी शेर्पा (२८८), र निशा भोटे (३०७) मत पाएका छन् ।



























