काठमाडौँ — अघिल्ला महीनाहरूको तुलनामा वैदेशिक रोजगारीका लागि विदेशिने कामदार संख्या घटेको छ । कात्तिक महिनामा नील कमल ह्युमन रिसोर्स प्रालि सबैभन्दा धेरै कामदार पठाउने म्यानपावरका रूपमा छ। विभागका तथ्यांकअनुसार कम्पनीले कात्तिक महिनामा २ सय १९ कामदार वैदेशिक रोजगारका लागि पठाएको छ ।
यसैगरी साउन्डलाइन्स रिक्रुटमेन्ट सर्भिस प्रालिले १ सय ६६ र एसओएस म्यानपावर सर्भिस प्रालिले १ सय ६२ कामदार पठाउँदै क्रमशः दोस्रो र तेस्रो स्थानको सुचिमा परेका छन्। अघिल्ला महिनामा सात दर्जन हाराहारीका म्यानपावरले एक सयभन्दा बढी कामदार पठाउँदै आएका भए पनि कात्तिकमा सो संख्या घटेर १६ कम्पनीमा मात्र सीमित भएको विभागको मासिक सूचिमा उल्लेख छ।
कात्तिकमा धेरै कामदार पठाउने शीर्ष म्यानपावरहरूको सूचीमा इन्डेक्स रिक्रुटमेन्ट १५१, एड्भान्स म्यानेजमेन्ट कन्सल्ट्यान्ट १४६, मोभिरा एचआर सर्भिस १४०, द रिभर ओभरसिज १३९, एससिसी म्यानपावर १२९ , भिजन एण्ड भ्यालु ओभरसिज १२७ , मोन्टेज ओभरसिज ११४, लिंक इन्टरनेसनल ११२ ,एमिनेन्स रिक्रुटमेन्ट ११२, मिनावा एचआर १०७, आयुष ओभरसिज, १०३ अल–हयात म्यानेजमेन्ट १०२र अक्सफोर्ड इन्टरनेसनल १०२ , एक सयभन्दा बढी कामदार पठाएको सूचिमा उल्लेख छ ।
विभागका अनुसार कात्तिक महिनामा संस्थागत तर्फबाट ६ सय ५३ म्यानपावर कम्पनीमार्फत १२ हजार १ सय ४९ जना कामदार श्रम स्वीकृति लिएर विभिन्न मुलुकमा गएका छन्। व्यक्तिगत तवरबाट ७३ हजार ९४ जनाले श्रम स्वीकृति लिएको र जी–टु–जी प्रणालीमार्फत ७८३ कामदार वैदेशिक रोजगारमा गएको तथ्यांकमा उल्लेख छ।



























