काठमाडौँ — रेमिट्यान्स तथा मनी ट्रान्स्फर सेवा प्रदान गर्ने आईएमई लिमिटेड राष्ट्रिय कर दिवस २०८२ मा सर्वाधिक कर तिर्ने कम्पनी का रूपमा सम्मानित भएको छ। सोमबार काठमाडौंमा आयोजित समारोहमा अर्थमन्त्री रामेश्वर खनालले आईएमईका सीईओ दिवाकर पौडेललाई सम्मान प्रदान गरे।
सम्मानपछि सीईओ पौडेलले उल्लेख्य कर दाखिला गर्दै राष्ट्रिय विकासमा योगदान दिन पाउनु कम्पनीका लागि गौरवको विषय भएको बताए। विभिन्न देशमा १ सयभन्दा बढी व्यवसायिक साझेदार नेटवर्कसहित आईएमईले रेमिट्यान्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
समारोहमा संस्थापक अध्यक्ष तथा उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई प्राथमिकतामा राख्न सरकारलाई ध्यानाकर्षण गराए।
सन् २००१ मा स्थापना भएको आईएमईले वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत गर्दै देशको आर्थिक प्रणाली सुदृढीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। कम्पनी यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने संस्थाका रूपमा सम्मानित हुँदै आएको छ।



























