काठमाडौं — कतारमा नेपाली समुदायबीच बृहत रक्तदान कार्यक्रम हुने भएको छ। नेपाली रक्तदाता संघ, कतारको समन्वयमा बाग्लुङ सेवा समाज कतार तथा बाग्लुङ सेवा समाज कतार अक्षयकोषले संयुक्त रूपमा आगामी नोभेम्बर २१, २०२५ (शुक्रबार) रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो।
कार्यक्रम हमाद अस्पतालको ब्लड डोनर सेन्टरमा बिहान ८ बजेदेखि १२ बजे सम्म सञ्चालन हुनेछ। आयोजक संस्थाहरूले कतारमा सक्रिय सम्पूर्ण संघ–संस्थाका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा नेपाली समुदायलाई कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन्।
आयोजकले रक्तदानलाई मानवीय जिम्मेवारीका रूपमा लिएर अधिकतम सहभागिता जनाउन कतारस्थित नेपाली समुदायलाई आग्रह गरेका छन्।



























