काठमाडौं । चैत महिनामा वैदेशिक रोजगारीका लागि कामदार पठाउने म्यानपावर कम्पनीहरूको सूचीमा वाइड स्पेस इन्टरनेसनल प्रा.लि. पहिलो स्थानमा परेको छ। वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार उक्त कम्पनीले चैत महिनाभरि सबैभन्दा धेरै, ५६९ जना कामदार विदेश पठाएको हो।
यसैगरी, मुस्कान ओभरसिज प्रा.लि. ३७७ जना कामदार पठाउँदै दोस्रो स्थानमा रहँदा आर्कटिक ओभरसिज प्रा.लि. (आर्कटिक इन्टरनेसनल) ३४४ जना पठाएर तेस्रो स्थानमा उक्लिएको छ।
तथ्यांकअनुसार मोन्टेज ओभरसिज प्रा.लि ३०८ जना कामदार पठाउँदै चौथो स्थानमा छ भने गल्फ जब्स हन्ट्स म्यानपावर प्रा.लि. (पास इन्टरनेसनल) २५३ जना सहित पाँचौं स्थानमा रहेको छ। गुरुङ म्यानेजमेन्ट ओभरसिज प्रा.लि २५२ जना पठाएर छैटौं स्थानमा रहँदा भण्डारी ओभरसिज प्रा.लि २४७ जना सहित सातौं स्थानमा परेको छ।
त्यसैगरी, ग्रान्ड सुइट जब प्रा.लि. २३५, इन्टरनेसनल म्यानपावर रिक्रुटमेन्ट प्रा.लि.२१० र मिनावा रिक्रुटमेन्ट एचआर प्रा.लि. (इशामान म्यानपावर) १८५ जना कामदार पठाउँदै क्रमशः आठौं, नवौं र दशौं स्थानमा रहेका छन्।
अन्य कम्पनीहरूमा भूमिपुत्र फरेन इम्प्लोइमेन्ट सर्भिस प्रा.लि. (१७६), विन रिक्रुटमेन्ट प्रा.लि. (१७२), एच.के. इम्प्लोइमेन्ट सर्भिस प्रा.लि. (१४८), डी.एन. म्यानपावर प्रा.लि.(१४२), दित्य इन्टरनेसनल प्रा.लि. (१४२), अल–मुन ओभरसिजप्रा.लि. (१४१), एस एन्ड एस ह्युमन रिसोर्स प्रा.लि. (१३६), बज्र ह्युमन रिसोर्स प्रा.लि.(१३५), कल्याण ओभरसिज प्रा.लि. (१३३), सप्तकोशी ह्युमन रिसोर्स प्रा.लि. (१२३), ग्रेस ओभरसिज प्रा.लि. (१२३), मेरिडियन ओभरसिज प्रा.लि. (१०९), बी.एस. ओभरसिज प्रा.लि. (१०६) र बेर्जया रिसोर्सेस प्रा.लि. (निर्वाण एचआर) १०२ जना कामदार पठाउँदै सूचीकृत भएका छन्।
विभागको विवरणअनुसार, म्यानपावर कम्पनीहरूले सयौँको संख्यामा कामदार पठाउँदै वैदेशिक रोजगारीको प्रवाहलाई निरन्तरता दिएका छन्।
श्रम सम्बन्धि जानकारका अनुसार श्रम स्वीकृतिमा आंशिक अवरोध आए पनि वैकल्पिक श्रम गन्तव्य खुला रहँदा वैदेशिक रोजगारीको माग उच्च नै रहेको छ। त्यसैले म्यानपावर कम्पनीहरू अन्य देशतर्फ केन्द्रित हुँदै कामदार पठाउन सक्रिय देखिएका हुन्।



























