काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघभित्र देखिएको नेतृत्व विवादका बीच संघ विघटन नभएको अध्यक्ष भुवनसिंह गुरुङले स्पष्ट पारेका छन्। संघको संस्थागत संरचना यथावत रहेको र विधानअनुसार नै नियमित रूपमा सञ्चालन भइरहेको उनले बताएका छन्।
असन्तुष्ट पक्षले कार्यसमिति विघटन भएको भन्दै नयाँ निर्वाचन प्रक्रियामा अघि बढेको दाबी गरिरहँदा अध्यक्ष गुरुङले उक्त दाबी असत्य भएको जिकिर गरेका छन्। उनका अनुसार संघ कुनै पनि अवस्थामा विघटन नभएको र वैधानिक प्रक्रिया निरन्तर रहेको बताएका छन् । ।
गुरुङले संघभित्र केही पदाधिकारीको असन्तुष्टि भए पनि त्यसलाई आधार बनाएर सम्पूर्ण कार्यसमिति विघटन भएको भन्न नमिल्ने स्पष्ट पारेका छन्। बहुमत सदस्यहरूको समर्थन आफूहरूसँग रहेको दाबी गर्दै उनले संघको निर्णय प्रक्रिया वैधानिक रूपमा अघि बढिरहेको बताएका छन्।
उनका अनुसार संघमा म लगाएत द्वितीय उपाध्यक्ष देव कुमार खोखाली, सदस्यहरू कृष्ण ढकाल, राजकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, सुमनराज पाण्डे, विद्यालक्ष्मी बज्राचार्य, महम्मद जबारुद्दिन मियाँ, तिलक बहादुर तामाङ, रबिन मेघाले मगर र सविता कुमारी सिंहसहित बहुमत सदस्यहरूको समर्थन रहेको उनको दावी छ ।
यसअघि असन्तुष्ट पक्षले अध्यक्ष गुरुङ पदमा बसिरहन नमिल्ने भन्दै कार्यालयमा ताला लगाउने प्रयास गरेको थिए ।
हाल, असन्तुष्ट पक्षका केहि पदाधिकारीको राजीनामापछि कार्यसमिति स्वतः विघटन भएको दाबी गर्दै नयाँ निर्वाचनका लागि समिति गठन गरिएको जनाएको छ भने, संघको विवाद जिल्ला प्रशासन कार्यालयसम्म पुगी सकेको स्थिती रहेकोले अन्तिम निर्णय नआएकाले अन्योल भने कायमै रहेको अबस्था छ।



























