काठमाडौं । नेपाली राजदूतावास, मनामाले बहराइनमा रहेका नेपाली नागरिक तथा श्रमिकसँग प्रत्यक्ष संवाद गरी उनीहरूका समस्या, गुनासा तथा जिज्ञासा सम्बोधन गर्न फेसबुक लाइभ कार्यक्रम आयोजना गर्ने भएको छ।
दूतावासले आगामी बिहीबार (६ अगस्ट २०२६) अपराह्न ५ बजेदेखि ६ बजेसम्म आफ्नो आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ।
कार्यक्रममा बहराइनमा रहेका नेपाली नागरिक तथा श्रमिकले आफ्ना समस्या, गुनासा, सुझाव तथा जिज्ञासा प्रत्यक्ष रूपमा राख्न सक्नेछन्। दूतावासले नेपाली समुदायका समस्या तथा चासोलाई सम्बोधन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ।
त्यस्तै, लाइभ कार्यक्रममा उठाउन चाहेका प्रश्न, सुझाव तथा जिज्ञासा अग्रिम रूपमा पठाउन सकिने व्यवस्था पनि गरिएको छ। त्यसका लागि इमेलमार्फत आफ्ना विषय पठाउन दूतावासले अनुरोध गरेको छ।
दूतावासले बहराइनमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई उक्त फेसबुक लाइभ कार्यक्रममा सहभागी भई आफ्ना समस्या तथा जिज्ञासा राख्न आग्रह गरेको छ।



























