काठमाडौं । पोर्चुगलमा आफ्नै एकजना नेपालीले ज्यान गुमाएका छन् ।
आफ्नै साथीको छुरा प्रहारबाट नेपाली युवकको मृत्यु भएको हो।
छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा-१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको थियो ।
पोर्चुगलको ओडिमिरास्थित बोआभिस्ता बस्दै आएका क्षेत्रीलाई सँगै बस्दै आएका पुतलीबजार-१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले गत मङ्गलबार राति छुरा प्रहार गरेका थिए ।
छुरा प्रहार गरी फरार भएका गुरुङलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । क्षेत्री र गुरुङ वैदेशिक रोजगारीमा आठ महिना अघि पोर्चुगल आएका थिए ।



























