काठमाडौं । नेपाल सरकारले राष्ट्रिय बीमा नीति २०८० जारी गरेको छ । बीमा ऐन २०७९ को दफा ५ मा नेपाल बीमा प्राधिकरणको काम, कर्तव्य, अधिकार अन्तर्गत राष्ट्रिय बीमा नीति तयार पारी मन्त्री परिषदले राष्ट्रिय बीमा नीति स्वीकृत गरेको छ ।
सर्वसाधारण नेपाली समक्ष बीमाको दायरा बिस्तार गर्ने र सर्व सुलभ ढंगले बीमाको पहुँच पुर्या उन नीतिको मुख्य उद्देश्य रहेको र बीमाको पहुँच बिस्तार, बीमामा अनुदान, बीमाको दीर्घकालीन उद्देश्य, गरिबी निवारणमा बीमाको उपयोगीता लगायतका विषयहरू बीमा नीतिमा समेटिएका छन् ।
बीमालाई प्रविधि मैत्री बनाउने बीमाको जागरण गराउने कार्यान्वयनको सुपरिवेक्षण अर्थ मन्त्रालयले र कार्यान्वयनको सुनिश्चितता बीमा प्राधिकरणले गर्ने नितीमा भनिएको छ ।




























