काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाईदिने भन्दै रमक ठगी गर्ने महिला पक्राउ परेकी छन् ।
काभ्रेपलाञ्चोक घर भई सामाखुसी बस्ने पार्वती थापालाई प्रहरीले पक्राउ गरेको हो । अमेरिकामा राम्रो रोजगारी अनि तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी चौध लाख नब्बे हजार रकम लिई सम्पर्क विहीन भएका थिए ।
वैदेशिक रोजगार विभागबाट काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार भएपछि थापालाई सामाखुसीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको हो ।


























