काठमाडौँ । प्रधानमन्त्री सुसिला कार्कीले आज ४ बजे सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गर्ने भएकी छन्। प्रधानमन्त्री निवास बालुवाटारमा हुने उक्त छलफलमा संघीय संरचनाअन्तर्गत प्रदेश र संघबीचको समन्वय, विकास बजेटको कार्यान्वयन, सेवा प्रवाह र सुशासनका विषयमा मुख्य रूपमा चर्चा हुने बताइएको छ।
प्रधानमन्त्री कार्कीले हालै पदभार सम्हालेपछि प्रदेश सरकारहरूसँग प्रत्यक्ष संवादमार्फत विकास र नीति कार्यान्वयनको प्रभावकारिता बढाउने पहल थालेकी हुन्। छलफलमा आ–आफ्ना प्रदेशमा देखिएका समस्या, प्राथमिकता र आगामी योजनाबारे मुख्यमन्त्रीहरूले प्रस्तुत गर्ने तयारी गरेका छन्।
सरकारका उच्च अधिकारीहरूका अनुसार प्रधानमन्त्रीले संघीय शासन व्यवस्थालाई थप प्रभावकारी बनाउन प्रदेश सरकारहरूसँग नियमित संवादलाई संस्थागत गर्ने योजना समेत अघि सारेकी छन्।



























