काठमाडौं । उपचारका क्रममा ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ प्रा।डा। चिकित्सक ज्ञानेश्वरप्रसाद सिंहको परिवारले रुपन्देही जिल्ला अदालतमा भएको फैसला त्रुटिपूर्ण रहेको भन्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा मुद्दा दर्ता गराएका छन् ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध क्षतिपूर्ति दाबी गर्दै जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेको थियो ।
सो मुद्दामा अदालतले २०७९ चैत १४ गते नै फैसला भएकोे थियो । फैसलामा रुपन्देही जिल्ला अदालतका न्यायाधीश कृष्णराम कोइरालाले नेपाल मेडिकल काउन्सिलले उपचारमा लापरवाही भएको ठहर गरेको विषयलाई पूर्णरुपमा वेवास्ता गरी पीडकहरूकै पक्षमा फैसला सुनाएको परिवारको दाबी छ ।
जिल्ला अदालतले उपचारमा संलग्न चिकित्सकहरूले दिएको सल्लाह सुझावलाई वेवास्ता गर्दै आफूखुसी गरेकोले बिरामीको मृत्यु भएको आदेशमा उल्लेख गरेको छ ।
डा सिंहकी पत्नीले अदालतको सो आदेशले न्याय नमिलेको भन्दै माथिल्लो अदालतमा पुनरावेदन गरिकी हुन् ।
भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालमा कार्यरत प्रा डा सिंहको उपचारको क्रममा लापर्बाही गरिएका कारण मृत्यु भएको भन्दै पीडित परिवारले रुपन्देही जिल्ला अदालतमा २०७७ कार्तिक १६ गते मुद्दा दर्ता गरेका हुन् । डा। सिंहको उपचारका क्रममा २०७६ माघ २ गते निधन भएको थियो ।



























