काठमाडौं : पुँजीबजारमा नयाँ लगानीका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य हुने भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले नयाँ कारोबार खाता खोल्दा राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्न ब्रोकर कम्पनीहरूलाई पत्राचार गरेसँगै यो व्यवस्था लागू भएको हो। नेप्सेले सार्वजनिक सूचना जारी गर्दै ब्रोकर कम्पनीहरूलाई यसको कार्यान्वयन गर्न निर्देशन दिएको छ।
आफ्नै कारोबार प्रणाली (टिएमएस) प्रयोग गरिरहेका ब्रोकरहरूलाई समेत यसका लागि आवश्यक तयारी गर्न नेप्सेले भनेको छ। यो कदमले लगानीकर्ताको पहिचानलाई थप सुदृढ बनाउनुका साथै बजारलाई थप पारदर्शी र व्यवस्थित बनाउन सहयोग पुग्ने विश्वास छ ।



























