काठमाडौं : संयुक्त अरब इमिरेट्सको दुबईस्थित क्यापिटल कन्स्ट्रक्सन कम्पनीले विभिन्न पदका लागि श्रमिक माग गरेको छ।
मिथिला इन्टरनेशनल सर्भिस प्रालि मार्फत हुने भर्तीका लागि कुल १ सय ०५ जना पुरुष आवश्यक रहेको सूचनामा उल्लेख छ। कम्पनीले हेल्पर पदमा एक सय कामदार माग गरेको छ । त्यस्तै कार्पेन्टरमा ३० जना,म्यासन टाइल वर्कसमा ३५ जना र स्टिल फिक्सरमा ३० जना कामदारको आवश्यता रहेको जनाएको छ । कार्पेन्टर,स्टिल फिक्सर र म्यासनमा जाने कामदारले मासिक १ हजार ५०० दिराम तलब पाउनेछन् । हेल्परको तलव १२ सय दिराम हुने छ ।
खाना, बसोबास र बीमा सुविधा रोजगारदाताबाट उपलब्ध हुनेछ। करार अवधि दुई वर्षको रहनेछ। आवेदन दिने अन्तिम मिति भदौ १ गते तोकिएको कम्पनीले जनाएको छ । भर्ना प्रक्रिया वैदेशिक रोजगार विभागमा दर्ता भएको र श्रम स्वीकृति नम्बर ३२८७६४ रहेको सूचनामा जनाइएको छ। इच्छुकले मिथिला इन्टरनेशनल सर्भिस प्रालि, काठमाडौंमा सम्पर्क गर्न सक्ने छन् ।




























