काठमाडौं : प्रवासी नेपाली समन्वयन समिति (पिएनसीसी) ले श्रमिक केन्द्रीत टेलिमेडिसिन सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रम आज गर्ने भएको छ।
नेपाली समय अनुसार राति ८ देखि १० बजेसम्म जुम मिटिङमार्फत हुने कार्यक्रममा साउदी अरब, कतार, संयुक्त अरब इमिरेट्स, मलेसिया र कुवेतमा रहेका नेपाली श्रमिकलाई सहभागी हुन आह्वान गरिएको छ। नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा बोर्डका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले प्रस्तुति दिनेछन्। साथै पिएनसीसीका विभिन्न युनिटका पदाधिकारीले पनि श्रमिक हितका विषयमा अभिमुखीकरण दिने बताइएको छ ।



























