काठमाडौं : कतारमा रहेको एज्दान होटेल कम्पनीले विभिन्न पदका लागि नेपाली कर्मचारीको माग गरेको छ।
‘ह्वाइट ग्लोब्स इन्टरनेसनल प्राइभेट लिमिटेड’ नामक मेनपावर कम्पनीले प्रकाशित गरेको विज्ञापनअनुसार कम्पनीले ‘सर्भिस एजेन्ट र जेनरल’ पदका लागि तीन जना, ‘ड्राई क्लिन वर्कर’ का लागि आठ जना र ‘क्लिनर, होटेल्स’ का लागि सात जना कर्मचारी माग गरेको हो ।
सर्फिस एजेन्टको तलव ११ रियाल र अन्यको तलव एक हजार रियाल हुने कम्पनीले जनाएको छ । कम्पनीले कर्मचारीलाई खान र बस्नको पनि व्यवस्था गर्नेछ।
इच्छुक तथा योग्य उम्मेदवारहरूले भदौ २ गते भित्र सामाखुसीस्थित ह्वाइट ग्लोब्स इन्टरनेसनलको कार्यालयमा गएर अन्तरवार्ता दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।




























