काठमाडौं । अमेरिका भ्रमणमा रहेका परराष्ट्रमन्त्री एनपी साउदले समकक्षी एन्टोनी ब्लिंकेनसँग भेटवार्ता गरेका छन्।
मन्त्री साउद र ब्लिंकेनबीच एमसीसी परियोजनाका बारेमा कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। त्यस्तै नेपालमा आर्थिक सहयोगका बारेमा पनि कुराकानी भएको मन्त्रालयले जनाएको छ।


























