काठमाडौं । वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने भन्दै पैसा ठगी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले सागर लामिछानेलगायतलाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पठाइदिने र प्रतिव्यक्ति १५ लाख रुपैयाँ लाग्छ भनेर सात लाख पाँच हजार रुपैयाँ लिइ सम्पर्कविहीन भएका बुद्ध पञ्चकोटीलाई पक्राउ गरेको हो ।
त्यस्तै, जमाल अहमद फकिरलाई साउदी अरब पठाइदिने भन्दै ठगी गरेको उजुरीका आधारमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) प्रतापपुर गाउँपालिका-७ घर भइ हाल काठमाडौंको सिनामंगल बस्ने ५८ वर्षीय इब्राहिम मियालाई पनि प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका सबैलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले बताएको छ ।


























