काठमाडौं । नेशनल लाईफ इनस्योरेन्स कम्पनी लि र काठमाण्डौ इन्ष्टिच्यूट अफ चाईल्ड हेल्थबिच एक सम्झौता भएको छ ।
बुढानिलकण्ठ नगरपालिका वडा-७ मा हाल निर्माणाधिन २०० बेड क्षमताको गैह्र नाफा मूलक बाल अस्पताल निर्माण परियोजनाका लागि नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ३ वर्षसम्म प्रति वर्ष रु२५ लाखका दरले वित्तिय सहयोग उपलव्ध गराउन कम्पनीको तर्फबाट कम्पनीको कार्यकारी प्रमुख सुरेश प्रसाद खत्री र इन्ष्टिच्यूटको तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोईरालाले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
सम्झौतामा हस्ताक्षर गर्दै कार्यकारी प्रमुख खत्रीले पहिलो किस्ता रकम रु २५ लाखको चेक पनि संस्थालाई हस्तान्तरण गरे ।



























