काठमाडौं । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागिता जनाउन परराष्ट्रमन्त्री शिशिर खनाल नेतृत्वको नेपाली टोली आइतबार संयुक्त राज्य अमेरिकाको न्युयोर्कतर्फ प्रस्थान गरेको छ।
परराष्ट्र मन्त्रालयका अनुसार न्युयोर्कमा रहँदा मन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत आयोजना हुने विभिन्न उच्चस्तरीय बैठक तथा मन्त्रिस्तरीय भेलामा सहभागिता जनाउनेछन्।
महासभाका क्रममा उनले विभिन्न मित्रराष्ट्रका समकक्षी तथा अन्तर्राष्ट्रिय निकायका उच्च अधिकारीसँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ। भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित तथा कूटनीतिक सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने बताइएको छ।
यसैबीच, महासभामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन शाह आगामी ६ असोजमा अमेरिका प्रस्थान गर्ने भएका छन्। प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रमा नेपालको धारणा राख्ने कार्यक्रम रहेको जनाइएको छ।



























