काठमाडौं । काठमाडाैंको गोठाटारमा प्रहरीले गोली चलाएको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागु औषध कारोबारीलाई पक्राउ गरेको हो ।
भारतीय नागरिक मोहमद करिमलाई नियन्त्रणमा लिने क्रममा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको एसपी रबिन्द्र रेग्मीले जानकारी दिए ।
उनकाे साथबाट लागूऔषध तथा पेस्तोल पनि बरामद गरिएकाे छ ।


























