काठमाडौं । शिवम सिमेन्टले आर्थिक वर्ष २०७९/८० को लाभांश घोषणा गरेको छ।
संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० कि मुनाफाबाट कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुंजी ४ अर्ब ४० करोडको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि समेत ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। कम्पनीले पुस २७ गते साधारणसभा आह्वान गरेको छ ।



























