काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले युवाहरुको क्षमता, योग्यतालाई सदुपयोग गर्ने माध्यम डिजिटल प्लेटफर्म स्थापित भएको बताएका छन् ।
सिआइएन युथ इन्टरपेनियर फोरम नेपाल स्टार्ट अप फेस्ट-२०२३ को कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले डिजिटल प्लेटफर्मले बिजनेसलाई मात्र नभएर हरेक क्षेत्रलाई अवसर दिएको बताएका हुन् ।
आईटी सेक्टरमा निर्यात बढिरहेको र आउँदा दिनमा अझ बढ्न सक्ने भन्दै नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका रहेको दाबी अर्थमन्त्री महतले गरे ।
१२ कक्षापछि विदेश जान रोक्दै सूचना प्रविधिमा युवाहरुलाई स्वदेशमै परिचालन गर्नुपर्नेमा उनको जोड थियो । सरकारले आइटी नीतिलाई चालु आवको बजेटमार्फत व्यवहारिक कार्यान्वयनतर्फ लगेको उनको भनाइ छ । अर्थमन्त्री महतले भने, ‘यसमा हामीले न्यूनमात्रै कर लगाउने व्यवस्था गरेका छौँ ।’
राज्यले दिएको यो सुविधाले आइटी बिजनेस बढाउन मद्दत पुग्ने मन्त्री डा महतले बताए ।



























