काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा कसैलाई पनि सीपयुक्त दक्ष श्रमिकले पाउने प्रवेषाज्ञा ई–७ भिसा अन्तर्गत कामदार पठाउने अनुमति नदिइएको बताएको छ ।
केही सञ्चारमाध्यममा म्यानपावर कम्पनीमार्फत ई–७ भिसा नेपाली श्रमिक पठाउन दिने तयारी गरेको सामाचार सार्वजनिक भएको भन्दै मन्त्रालयका प्रवक्ता राजीब पोखरेलले ई–७ भिसा बारेमा अध्ययन जारी रहेकोे बताए ।
उनले हाल ईपीएसबाहेक अन्य प्रक्रियाबाट दक्षिण कोरियामा नेपाली कामदार जान अनुमति नरहेको बताएका छन् । कसैले ई–७ भिसामा पठाउने प्रलोभनमा पारी रकम माग गरेमा नजिकैको प्रहरी चौकीमा खबर गर्न पनि प्रवक्ता पोखरेलले आग्रह गरेका छन् ।



























