काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव महेश कुमार बस्नेतले वैदेशिक रोजगार व्यवसायमा लामो समयदेखि देखिएको ‘संख्या सय’ समस्या समाधान भएको बताएका छन् ।
मंगलबार सामाजिक सञ्जालमार्फत ‘संख्या सय’ बाध्यकारी व्यवस्था हटाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन् । बस्नेतले विशेष गरी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी, सचिव डा.कृष्णहरि पुष्कर, र महानिर्देशक कमल प्रसाद भट्टराई लगायतका सरकारी अधिकारीहरूलाई धन्यवाद ज्ञापन गरे ।
उनले महान्यायाधिवक्ताको कार्यालयका नायब तथा सह-महान्यायाधिवक्ताज्यूहरू, मन्त्रालय तथा विभागका अन्य पदाधिकारीज्यूहरू, र संघका अध्यक्ष भुवन सिँह गुरुङलगायतको भूमिका महत्वपूर्ण रहेको भन्दै सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई पनि आभार व्यक्त गरेका हुन् ।
यसका साथै, महासचिव बस्नेतले सल्लाहकारहरू तिलक बहादुर रानाभाट, नवराज केशी, र हरी बहादुर पाण्डे लगायतका व्यक्तित्वहरू, लोकतान्त्रिक एशोसिएसनका अध्यक्ष दिपक थापा लगायतका पदाधिकारी तथा सदस्यहरू, विभिन्न घटक तथा शुभेच्छुक संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू, निवर्तमान तथा पूर्व अध्यक्षहरू र अग्रज व्यक्तित्वहरूलाई पनि हार्दिक आभार तथा धन्यवाद ज्ञापन गरेका छन्।



























