काठमाडौं : साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ ।
नेप्से १७ कारोबार दिनपछि परिसूचक २६.२२ अंक घटेर २७९६.२४ विन्दुमा झरेको हो । कारोबार रकम ६ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ । ३२३ कम्पनीका १ करोड ७६ लाख कित्ता शेयर ७८ हजार पटक किनबेच भए।
सिटी होटलको ८० प्रतिशत हकप्रद समायोजनपछि मूल्य १० प्रतिशतले बढ्दै ६३६ रुपैयाँ २० पैसामा पुग्यो। समाज लघुवित्त ४ प्रतिशतभन्दा बढी बढ्दा सिक्लेस हाइड्रोपावर नकारात्मक सर्किटमा झर्यो।
१३ उपसमूहमध्ये होटल तथा पर्यटन १.३२ प्रतिशतले बढ्दा बाँकी सबै घटे। वित्त, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूह १ प्रतिशतभन्दा बढी ओरालो लागे।



























