काठमाडौं । सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाएका नागरिकप्रति सम्मान प्रकट गर्न आज (बुधबार) देशभर सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषद्को भदौ ३० गतेको निर्णयअनुसार असोज १ गते नेपालभरका सबै सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास तथा नियोगहरू बन्द रहनेछन्।
गृह मन्त्रालयले जारी गरेको सूचनामा जनाइएअनुसार आज राष्ट्रिय शोक दिवसका रूपमा मनाइनेछ। शोकको प्रतीकस्वरूप देशभरका सबै सरकारी कार्यालयहरूमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।



























