काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) ले नेपाली नागरिकलाई भिजिट भिसा (पर्यटक भिसा) प्रदान गर्न अस्थायी रूपमा रोक लगाएको छ। पछिल्लो समय युएई जाने नेपालीहरू आप्रवासनसम्बन्धी नियम उल्लंघन गर्ने, घटनाहरू बढेपछि र जेन जी को आन्दोलन पछि नेपालको हालको विषम परिस्थितीले यस्तो निर्णय गरिएको हुनसक्ने आशंका छ।
युएईस्थित भिसा प्रक्रियामा संलग्न एजेन्सीहरूका अनुसार नेपाली नागरिकका लागि नयाँ भिजिट भिसा आवेदन प्रक्रिया हाललाई रोकिएको हो तर, यसबारे युएई सरकारको तर्फबाट औपचारिक विज्ञप्ति भने सार्वजनिक गरिएको छैन।



























