काठमाडौं । ई–७ भिसामार्फत दक्ष श्रमिक कोरिया पठाउने प्रक्रिया स्थगित भएको छ। कोरियामा सीपयुक्त श्रमिक पठाउनेसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने भएपछि अब नेपाली कामदार ई–७ भिसाको प्रक्रिया रोकिएको हो।
वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको सुचना अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट कार्यविधि तत्काल कार्यान्वयन नगर्न निर्देशन आएपछि ई–७ भिसाको प्रक्रिया रोकिएको हो। मन्त्रालयले केही हप्ता अघि मात्र ई–७ भिसा प्रक्रियाको औपचारिक सुरुवात गरेको थियो।
ई–७ भिसा कोरियाले विशेषगरी दक्ष र सीपयुक्त कामदारका लागि तोकेको श्रेणी हो। यसमार्फत प्रविधि, उत्पादन, निर्माण र सेवाक्षेत्रमा दक्ष जनशक्ति भित्र्याउने कोरियाली नीति रहँदै आएको छ।




























