काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) लक्जेम्बर्गको राष्ट्रिय समन्वय परिषद् (एनसीसी) को नयाँ कार्यसमिति गठन गरेको छ।
संघका अध्यक्ष डा. हेमराज शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा दुर्गा थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो। साथै, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) सदस्यमा युद्ध थापा चयन भएका छन्।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष शर्माले नवगठित समितिले लक्जेम्बर्गस्थित नेपाली समुदायलाई एकताबद्ध गर्दै सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले विशेषगरी महिलाको नेतृत्व र दोस्रो पुस्ताको सक्रिय सहभागिताको सराहना गरे।
कार्यक्रममा निवर्तमान तथा पूर्व पदाधिकारीहरूका साथै विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।



























