काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनी प्रालिले ग्राहकको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै पुराना मोडेलका होन्डा कारका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ अभियान सञ्चालन गरेको छ।
कम्पनीका अनुसार सन् २००१ देखि २०१४ सम्म उत्पादन भएका केही होन्डा कारका एयरब्याग इन्फ्लेटरमा देखिन सक्ने सम्भावित प्राविधिक जोखिमलाई समाधान गर्न यो अभियान सञ्चालन गरिएको हो।
यस अभियानअन्तर्गत सिटी (City), सिभिक (Civic), सीआर–भी (CR-V), ज्याज (Jazz), इन्साइट (Insight), स्ट्रिम (Stream) र अकर्ड (Accord) मोडेलका गाडीहरू समेटिएका छन्।
ग्राहकले आफ्नो गाडी रिकल अभियानअन्तर्गत पर्छ वा पर्दैन भन्ने जानकारी होन्डाको आधिकारिक वेबसाइटमार्फत वा आधिकारिक सर्भिस सेन्टरमा सम्पर्क गरेर प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
अभियानअन्तर्गत प्रभावित गाडीहरूको एयरब्याग परीक्षण, आवश्यक मर्मत तथा एयरब्याग इन्फ्लेटर परिवर्तन पूर्ण रूपमा निःशुल्क गरिनेछ। यसका लागि ग्राहकले कुनै पनि शुल्क तिर्नुपर्ने छैन।
सम्भावित जोखिम न्यूनीकरण गर्दै सुरक्षित यात्रा सुनिश्चित गर्न कम्पनीले सबै प्रभावित गाडीधनीलाई नजिकको होन्डा आधिकारिक सर्भिस सेन्टरमा पुगेर एयरब्याग परीक्षण गराउन आग्रह गरेको छ।
सर्भिस बुकिङ तथा थप जानकारीका लागि ग्राहकले स्याकार ट्रेडिङ कम्पनी प्रालिको होन्डा कार्स सर्भिस सेन्टर, धोबीघाट, ललितपुरमा सम्पर्क गर्न सक्नेछन्। यसका लागि ०१–५१५३५४२, ९८०११२८९१० र ९८०११०८१११ नम्बरमा फोन गर्न वा कम्पनीको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सकिने जनाइएको छ।



























