काठमाडौं । नेपाली कांग्रेसका महासमिति सदस्य दामोदर कार्की (दोलखा) ले पार्टीभित्र देखिएको मतभेदलाई संवाद र सहमतिमार्फत समाधान गर्दै संगठनलाई एकताबद्ध बनाउनुपर्ने बताएका छन्।
कार्कीले नेपाली कांग्रेस लोकतान्त्रिक आन्दोलनको नेतृत्व गरेको ऐतिहासिक पार्टी भएकाले व्यक्तिगत स्वार्थभन्दा पार्टीको हितलाई केन्द्रमा राख्नुपर्ने धारणा व्यक्त गरे। उनले कार्यकर्ता र नेताबीच विश्वासको वातावरण निर्माण गर्दै संगठनलाई सुदृढ बनाउनु अहिलेको प्रमुख आवश्यकता रहेको बताए।
राष्ट्रिय भेला, नेतृत्वबीचको सहमति तथा पार्टीको भावी कार्यदिशाबारे विभिन्न चर्चा भइरहे पनि अन्तिम निर्णय पार्टीको विधान र लोकतान्त्रिक प्रक्रियाअनुसार हुनुपर्ने उनको भनाइ छ। उनले सबै पक्षलाई समेटेर सहमतिका साथ अघि बढ्न सके कांग्रेस आगामी निर्वाचनमा अझ मजबुत हुने विश्वास व्यक्त गरे।
कार्कीले पार्टी नेतृत्वलाई कार्यकर्ताको भावना बुझेर संगठनलाई थप एकताबद्ध बनाउने निर्णय लिन आग्रह गर्दै कांग्रेसभित्रको एकता नै लोकतन्त्रको सुदृढीकरणको आधार हुने उल्लेख गर्दै नेपाली काङ्ग्रेस पार्टी नयाँ पुस्ता र पुरानो पुस्ता बिचको समिश्रण भएको र एक पुस्ताले अर्को पुस्तालाई किनारा लगाएर अघि बढे दुर्घटना उन्मुख दिशातर्फ जाने कार्किको भनाइ छ।



























