काठमाडौं -कोटेश्वरबाट सातदोबाटोतर्फ जाँदै गरेको बा २ ख ३५९० नम्बरको बस एक्कासि फ्लाइओभरको भित्तामा ठोक्किएर अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । सो बसमा करिब ३० जना सवार थिए ।दुर्घटनामा दोलखाको सैलुङ गाउँपालिका घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका बस्दै आएकी ४० वर्षीया जेनिशा लामाको मृत्यु भएको घाइते १८ जनालाई तत्काल उद्धार गरी उपचारका लागि बी एण्ड बी अस्पताल तथा ग्लोबल अस्पताल पठाइएको र अहिले उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न बसका चालक काभ्रेको तेमाल गाउँपालिका–३ घर भई हाल भक्तपुरको मालपोत क्षेत्रमा बसोबास गर्दै आएका ३६ वर्षीय लक्षु तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
बिएण्डबि हस्पिटलमा उपचाररत घाईतेहरू
१. रामेछाप घर भई हाल भक्तपुर सुर्यविनायक बस्ने वर्ष २३ की सुन्निमा योन्जन ।
२. कञ्चनपुर घर भई हाल भक्तपुर बस्ने वर्ष २४ को तुल्सी धानुक ।
३. भक्तपुरकी ४० वर्षीया कविता कार्की
४. सिन्धुली मरिन–३ घर भई हाल भक्तपुर बस्ने वर्ष ३३ को धन कुमार ढोङ ।
५. भक्तपुर ठिमि न.पा. ६ घर भई बस्ने वर्ष ३७ कि लक्ष्मी श्रेष्ठ
६. भक्तपुर चागुनारायण न.पा. ७ सरस्वतीखेल घर भई बस्ने वर्ष २४ कि रशिला दुलाल
७. भक्तपुर सरस्वतीखेल ६ बस्ने वर्ष ६० को कृष्णराम थापा (सह–चालक)
८. काभ्रे बनेपा १४ घर भई हाल भक्तपुर सरस्वतीखेल बस्ने वर्ष ४१ को अमृता कार्की ।
९ ललितपुर महालक्ष्मी न.पा. ५ घर भई बस्ने वर्ष ४० कि कबिता के.सी. ।
ग्लोबल हस्पिटल ललितपुरमा उपचारत घाइतेहरू
१. दोलखा घर भई भक्तपुर सुर्यबिनायक बस्ने वर्ष २४ को बिबेक दाहाल ।
२. सिन्धुली घर भई भक्तपुर सुर्यविनायक बस्ने वर्ष १९ को भगवती खत्री ।
३. भक्तपुर मिलनचोक घर भई बस्ने वर्ष ४७ कि चन्दानाथ सिंह ।
४. भक्तपुर घर भई बस्ने वर्ष २८ कि जुनु सिल्पकार ।
५. ललितपुर महालक्ष्मीस्थान बस्ने वर्ष ४९ कि तुल्सी देवी खड्का ।
६. मोहत्तरी घर भई हाल भक्तपुर गठ्ठाघर वस्ने बर्ष २१ कि अन्जु साह ।
७. कठमाडौं ठमेल घर भई सूर्यविनायक बस्ने वर्ष २७ को आशुतोष श्रेष्ठ
८. सिन्धुपालचोक घर भई हाल ललितपुर भैसिपाटी बस्ने वर्ष ३६ कि स्तर देउजा ।
९. भारत देश घर भई हाल भक्तपुर कौशलटार बस्ने वर्ष ४५ को मोहम्द समिम ।



























