काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिन्छु भन्दै १७ जनाबाट रु३८ लाख रकमलिई ठगी गरेको आरोपमा केहीदिन अघि एक महिला पक्राउ परेकी छन्।
भक्क्तपुर नगरपालिका-१० घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका-६ रामकोट बस्ने ३९ वर्षीय सुनिता कर्माचार्य पक्राउ परेकी हुन् ।
प्रहरीका अनुसार पक्राउ परेकी कर्माचार्यले मदनराज मोक्तानसमेत १७ जनालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिने तथा त्यसको लागि प्रतिव्यक्ति रु आठ लाख लाग्ने पोल्याण्ड र पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने र मासिक रुएक लाख ५० हजार तलब हुने भनी प्रलोभनमा पारी पीडितहरूको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
पक्राउ परेकी महिलालाई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।


























