काठमाडौं । चर्चित गायिका तथा एमाले नेतृ कोमल ओलीलाई मातृशोक परेको छ।
ओलीकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा काठमाडौंको अल्का अस्पतालमा निधन भएको हो।
उनको शनिबार दिउँसो ११ बजेर ४२ मिनेट जाँदा निधन भएको चिकित्सकहरूले घोषणा गरेका हुन्। उनका श्रीमान, दुई छोरा र दुई छोरी छन्।


























