काठमाडौं । अमेरिका पठाइदिने भन्दै ठगि गरेको आरोपमा आमा र छोरा पक्राउ परेका छन्।
काठमाडौं बस्ने ३६ वर्षीय विशाल श्रेष्ठ र ६४ वर्षीया शान्ति श्रेष्ठ पक्राउ परेका हुन्।
उनीहरूलाई काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नयाँ बानेश्वरबाट पक्राउ गरेको हो।
चन्द्रबहादुर रावललाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिने भन्दै १५ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धान कार्यालयले थप अनुसन्धानको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।


























